एमाले नेतृत्वको स्थानीय सरकारले विकास गरेको दाबी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एमाले नेतृत्वको स्थानीय सरकारले विकास गरेको दाबी


१५ बैशाख २०७९, बिहिबार


सिद्धार्थनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको स्थानीय सरकारले जनताका माग सम्बोधन गरी देशको विकास गर्ने बताएका छन् ।

नेकपा एमाले सिद्धार्थ नगर कमिटीले भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण कार्यक्रममा उनले सिद्धार्थनगर क्षेत्रमा एमालेकै पहलमा देखिने गरी धेरै काम भएका दाबी गरे ।

उनले भने, ‘बेलहिया बुटवल छ लेन सडक, भैरहवा लुम्बिनी तिलौराकोट चार लेन सडक, सिद्धार्थ क्रिकेट रङ्गशाला मात्रै नभएर आज मात्रै परीक्षण उडान हुन गइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम एमालेको सरकारको नेतृत्वमा भएको हो ।’

पौडेलले पाँच वर्षअघि र आजको सिद्धार्थनगरमा आफ्ना कारणले परिवर्तन आएको दाबी पनि उनले गरे । उपाध्यक्ष पौडेलले सिद्धार्थनगरका बाटोघाटो, सडक, ढल, नाला, विभिन्न विद्यालय, पार्क, सरकारी कार्यालय, स्वास्थ्य चौकी र सामाजिक क्षेत्रमा आफू अर्थमन्त्री भएका समयमा काम भएको बताए ।

पूर्व अर्थमन्त्री पौडेलले सिद्धार्थनगरको समग्र विकासका लागि सङ्घीय सरकारले एमालेको स्थानीय सरकारको पहलमा धेरै दीर्घकालीन योजनालाई सहयोग गरेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस