उपकुलपति प्रा.डा. जोशी निलम्बनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपकुलपति प्रा.डा. जोशी निलम्बनमा


१५ बैशाख २०७९, बिहिबार


बागमती । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ ।

पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुसालले जानकारी दिए ।

प्रतिष्ठानका एक चौथाइ सदस्यले उपकुलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि उपकुलपति प्रा.डा. जोशी स्वतः निलम्बनमा परेको सचिव भुसालको भनाइ छ ।

प्राडा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्ति भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस