चीनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चीनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दो


१५ बैशाख २०७९, बिहिबार


बेइजिङ । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् ।

चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन बढ्दो रुपमा देखिएका छन् ।

गत मंगलबार मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८१८ जना पुगेको छ । यी मध्ये चीनको सांघाइ सहरमा मात्र १ हजार ६०६ जना रहेका बताइएको छ ।

चीनको सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ ।

यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस