राष्ट्र बैङ्कको यात्रा डिजिटल करेन्सीतर्फ : डेपुटी गभर्नर मिश्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कको यात्रा डिजिटल करेन्सीतर्फ : डेपुटी गभर्नर मिश्र


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताएका छन् ।

राष्ट्र बैङ्कको ६७ औ वार्षिकोत्सव समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।

कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैङ्कको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने उनले बताए ।

उनले अर्थतन्त्र बाह्य क्षेत्रको कारण दबाबमा परेको समेत बताए । बाह्य क्षेत्रबाट अर्थतन्त्र मम परेको असरलाई समाधान गर्न राष्ट्र बैङ्कले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उनले बताए । कसिलो नीतिहरू अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरू पनि समयानुकूल अघि बढ्ने उनले बताए ।

समारोहमा राष्ट्र बैङ्कले पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गरेको छ । हरेक वर्ष एक पूर्व गभर्नरलाई सम्मान गर्ने राष्ट्र बैङ्कको परम्परागत अनुसार ११ औँ गभर्नर रावललाई सम्मान गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस