फरार अभियुक्त पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

फरार अभियुक्त पक्राउ


१४ बैशाख २०७९, बुधबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ११ लाख ६९ हजार जरिवाना ठहर भएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन २९ को फैसलाअनुसार दुई दिन कैद सजाय र बिगो बमोजिम ११ लाख ६९ हजार जरिवाना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलवार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलवार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैङ्क गौशाला शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए । पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेस गरेको प्रवक्ता महतोले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस