म्यानपावर कम्पनीले सर्बियामा श्रमिक पठाउन पाउने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

म्यानपावर कम्पनीले सर्बियामा श्रमिक पठाउन पाउने


१४ बैशाख २०७९, बुधबार


काठमाडौं । सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरेको छ । अब म्यानपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् ।

राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको छ । सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र हो । यो उच्च मध्यम आय भएको देश हो ।

Tags :
प्रतिक्रिया दिनुहोस