आयोजना आसपासका बासिन्दाका लागि अप्पर सोलुको आइपीओ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आयोजना आसपासका बासिन्दाका लागि अप्पर सोलुको आइपीओ


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्न लागेको हो ।

आयोजनाले प्रभाव पार्ने सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविस)का सम्पूर्ण वडाका बासिन्दाले यही वैशाख २२ गतेदेखि शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलु खोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै एनएमबि बैङ्क र लक्ष्मी बैङ्कको सल्लेरी शाखा, ग्लोबल आइएमई बैङ्कको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैङ्कको नेचा सल्यान शाखा कार्यालयबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आईआर बीबी प्लस ईस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस