डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित


१४ बैशाख २०७९, बुधबार


कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ ।

गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो ।

कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो ।

स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ ।

डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगाएका छन् । त्यसै गरी ६१.६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस