धनुषामा दुर्घटना हुँदा तीन जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

धनुषामा दुर्घटना हुँदा तीन जनाको मृत्यु


१३ बैशाख २०७९, मंगलबार


धनुषा । धनुषामा दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र पहिचान नखुलेका अन्य दुई जना छन् ।

प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार सोमबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोल सडक छेउमा रोकिएको ना२ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

गम्भीर घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस