ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु


१३ बैशाख २०७९, मंगलबार


जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना। २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु। ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

मृतक तीनै जनाको शवलाई पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस