पोखरा महानगरपालिकामा गठबन्धन र एमालेका तर्फबाट उम्मेदवारी दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा महानगरपालिकामा गठबन्धन र एमालेका तर्फबाट उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार


गण्डकी । पोखरा महानगरपालिकामा नेपाली काँग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जु देवी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरूप समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस