पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण, २६९ जना सक्रिय सङ्क्रमित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण, २६९ जना सक्रिय सङ्क्रमित


११ बैशाख २०७९, आइतबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर २६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

जसमध्ये २६७ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १८ हजार ९२४ पुगेको छ ।

यो सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५२३ जना सङ्क्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस