काँग्रेसका महिला कार्यकर्ताद्वारा विराटनगरमा पार्टी कार्यालय घेराउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

काँग्रेसका महिला कार्यकर्ताद्वारा विराटनगरमा पार्टी कार्यालय घेराउ


११ बैशाख २०७९, आइतबार


विराटनगर । नेपाली काँग्रेसका महिला कार्यकर्ताहरुले विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालय घेराउ गरेका छन् ।

गठबन्धन गरेर चुनावमा जाँदा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गर्ने खेल भएको भन्दै विराटनगरस्थित पार्टी कार्यालय घेराउ गरेका हुन् ।

महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै महिलाको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

महिलाको हक अधिकार खोस्ने खेल भइरहेको भन्दै गठबन्धनलाई सहयोग गर्न नसक्ने उनीहरुले बताएका छन् ।

प्रदेश १ सांसद एवं नेपाल महिला सङ्घ मोरङकी सभापति शान्ता पौडेलले गठबन्धन गर्दा महिलाको अधिकार कटौती गर्न खोजिएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस