आजदेखि निर्माण व्यवसायीहरूले निर्माण कार्य ठप्प पार्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आजदेखि निर्माण व्यवसायीहरूले निर्माण कार्य ठप्प पार्ने


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । निर्माण व्यवसायीहरूले आज (आइतबार) देखि निर्माण परियोजना ठप्प पार्ने भएका छन् ।

निर्माण सामग्रीमा बढेको मूल्य अनुसार परियोजनाको बजेट समायोजन गर्नु पर्ने माग कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलन स्वरुप निर्माण परियोजना ठप्प पार्ने निर्णय गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वमा व्यवसायीहरूले ‘कन्स्ट्रक्सन होलिडे’ को नाममा आजबाट निर्माण परियोजना ठप्प पार्ने भएका हुन् ।

मूल्यवृद्धि सम्बोधन, बीमा निर्देशिका खारेजी र सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग गर्दै व्यवसायीहरू आन्दोलित छन् ।

महासङ्घको नेतृत्वमा उनीहरूले बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् ।

मूल्यवृद्धि स्थिर नभएसम्म वा सरकारले मूल्यवृद्धि अनुसार लागत समायोजन नगरेसम्म काम ठप्प पार्ने निर्माण व्यवसायीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस