भरतपुर महानगर गठबन्धन : २० वडा काँग्रेसले राख्ने, माओवादीलाई पाँच र नेकपा एसलाई तीन वटा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भरतपुर महानगर गठबन्धन : २० वडा काँग्रेसले राख्ने, माओवादीलाई पाँच र नेकपा एसलाई तीन वटा


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबन्डामा पनि सहमति गरेका छन् ।

सहमति अनुसार नेपाली काँग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीन वटा दिएको छ ।

काँग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ ।

त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ ।

२६ नम्बर वडामा कुरा मिल्न बाँकी छ, जहाँ काँग्रेसले दाबी छाडेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस