दुर्घटनामा तीन जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दुर्घटनामा तीन जनाको मृत्यु


१० बैशाख २०७९, शनिबार


राजविराज । जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–३ का तीन युवाको दुर्घटनामा परेर मृत्यु हुँदा गाउँका अन्य व्यक्ति तथा छरछिमेक शोकमा डुबेका स्थानीय सन्तोष पघैयाले बताए ।

हनुमानगर कंकालिनी नगरपालिका–३ गिदखोरा बस्ने हेमनारायण यादवको कान्छा छोरा रञ्जीत यादवको दुर्घटनामा परेर मृत्यु भएपछि परिवार नै शोकमा परेको छ । घटना सुनेपछि हेमनारायण होसमा छैनन् ।

हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटनामा परी आज तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादवको मृत्यु भएको थियो ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ बिहेका लागि जन्ती जाँदै गरेको प्रदेश१–०२४१प २२९६ नंको मोटरसाइकल र प्रदेश१–०२०४१प ९५२४ नंको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस