काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिवार बस्ने भएको छ ।

नेताहरूको व्यस्तताका कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिवार बिहान ११ बजेका लागि आह्वान गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार काँग्रेसले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस