थप १८ जनामा संक्रमण, २५ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप १८ जनामा संक्रमण, २५ जना संक्रमणमुक्त


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३३ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५१८ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस