थप १५ जनामा संक्रमण, २९८ जना सक्रिय संक्रमित « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

थप १५ जनामा संक्रमण, २९८ जना सक्रिय संक्रमित


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८३ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस