म नातावादलाई मान्दैन : अध्यक्ष ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

म नातावादलाई मान्दैन : अध्यक्ष ओली


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताएका छन् ।

बुधबार (आज) काठमाडौँमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दाबी गरे ।

उनले भने, ‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरू सबै बालबालिका छोराछोरी हुन् ।’ ओलीले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने पनि बताए ।

सो कार्यक्रममा एक युवकले ओलीलाई एक युवा र ७ करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने बताए । उनले एमालेलाई खरिद गर्न सम्भव नभएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस