गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने : नेता कोइराला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने : नेता कोइराला


६ बैशाख २०७९, मंगलबार


चितवन । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलबिचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।

आज साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।’ कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस