चार उपमहानगरमा दाबी नछाड्न प्रचण्डलाई नेताहरूको दबाब « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

चार उपमहानगरमा दाबी नछाड्न प्रचण्डलाई नेताहरूको दबाब


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरूले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् ।

स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन् ।

महानगरमा एक वटामा मात्रै चित्त बुझाएर जाने स्थिति सिर्जना भएको यसको क्षतिपूर्तिस्वरुप चार वटा उपमहानगरमा जोड दिएर जानुपर्छ भन्ने सुझाव अधिकांश नेताबाट आएको बताइएको छ ।

महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चार वटा उपमहानगरमा पनि दाबी गरेको छ । माओवादीले गठबन्धनको बैठकमा जितपुर–सिमरा, घोराही, धरान र हेटौँडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस