चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित


६ बैशाख २०७९, मंगलबार


बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको संख्या बढ्न थालेको पाइएको छ ।

पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सोमबारको तथ्याङ्क अनुसार यहाँ ३ हजार २९७ जना कोरोना सङ्क्रमित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।

चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको सङ्क्रमण बढेको छ ।

त्यहाँ थप संख्यामा कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।

सो कमिसनका अनुसार चीनभित्रै सङ्क्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन् ।

चीनमा पछिल्लो समयमा सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस