बझाङमा भूकम्पको धक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बझाङमा भूकम्पको धक्का


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । बझाङमा भूकम्प गएको छ ।

आज (मंगलबार) बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए ।

भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस