सुनचाँदीको मूल्य स्थिर « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य स्थिर


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा १ लाख १ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार ४ सय १५ रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ

Tags :
प्रतिक्रिया दिनुहोस