हुम्ला पुगे एमाले अध्यक्ष ओली « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

हुम्ला पुगे एमाले अध्यक्ष ओली


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हुम्ला पुगेका छन् ।

हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हुम्ला पुगेका हुन् ।

ओलीले आज चीनको सिमावर्ती क्षेत्र लिली भ्याली अवलोकन, हल्जी गाउँमा स्थानीयबासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी लाप्चाबाट मानसरोवरको दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिए ।

अध्यक्ष ओलीका साथ उपाध्यक्ष विष्णु पौडेल पनि हुम्ला पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस