राप्रपा नेपालका चितवन अध्यक्ष विष्णु खरालको घरमा तोडफोड « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राप्रपा नेपालका चितवन अध्यक्ष विष्णु खरालको घरमा तोडफोड


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ ।

गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको राप्रपा नेपालले जनाएको छ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताए ।

उनले आक्रमणको घोर भर्त्सना र निन्दा गरेका छन् ।

साथै अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

उनले राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष खरालको घरका सिसा फुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस