थप १४ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

थप १४ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त


३ बैशाख २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा गरिएको पीसीआर परीक्षणमार ८७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस