सत्यमोहन जोशी आइसियुमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सत्यमोहन जोशी आइसियुमा


३ बैशाख २०७९, शनिबार


काठमाडौँ । अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियुमा सारिएको छ ।

बिहीबार अपराह्न ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात् मूत्र प्रणालीको सङ्क्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार राति ११ बजेदेखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि आइसियुमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।

अहिले उनमा पिसाबसम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाई ब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको अस्पतालले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस