युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी


३ बैशाख २०७९, शनिबार


काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ ।

मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ ।

वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो ।

उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर वर्णन गरिएको छ ।

यससँगै रुसी कूटनीतिज्ञहरूले यसको अप्रत्याशित परिणाम हुन सक्ने बताएका छन् ।

अमेरिकी सेनाले युक्रेनलाई नयाँ सहायता प्याकेज पठाएको मंगलबार खुलासा भएपछि यो बयान आएको हो ।

राष्ट्रपति बाइडेनले ८० करोड डलरको सैन्य सहायता स्वीकृत गरेका छन् । यसमा पहिलो पटक होइट्जर जस्ता लामो दुरीका क्षेप्यास्त्रहरू समावेश छन् ।

एक वरिष्ठ अमेरिकी प्रशासकका अनुसार रुसी चेतावनीले युक्रेनका लागि अमेरिका र नेटो सैन्य सहायता धेरै प्रभावकारी भएको देखाएको छ ।

हतियारको नयाँ खेपको पहिलो भाग आगामी केही दिनमा युक्रेन पुग्ने अपेक्षा गरिएको छ ।

साथै अहिले रुसी सेना युक्रेनको पूर्वमा भेला हुँदै छ। आगामी केही हप्तामा डोनबासको विवादित क्षेत्रमा ठुलो आक्रमण गर्ने तयारी गरिरहेको छ ।

युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई करिब ३ अर्ब डलर सैन्य सहायता पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस