आगामी चुनावमा बहुमत ल्याएर एमालेले ५ वर्ष सरकार चलाउने ओलीको दाबी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आगामी चुनावमा बहुमत ल्याएर एमालेले ५ वर्ष सरकार चलाउने ओलीको दाबी


२ बैशाख २०७९, शुक्रबार


लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताएका छन् ।

शुक्रबार लमजुङको घले गाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए । घले गाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले नेपालको पहिलो सुखी गाउँ’ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे ।

ओलीले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना घले गाउँबाट सुरु भएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस