वैशाख ९ गतेसम्म एमाले नयाँ कार्यालयमा सर्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

वैशाख ९ गतेसम्म एमाले नयाँ कार्यालयमा सर्ने


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ । एमालेले वर्षेनि ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउँदै आएको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘यस पटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी छ ।’ उनका अनुसार, अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ ।

एमालेले केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सार्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस