डब्लुएचओका महानिर्देशक टेड्रोस वैशाख ८ गते नेपाल आउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डब्लुएचओका महानिर्देशक टेड्रोस वैशाख ८ गते नेपाल आउने


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् ।

स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ ।

उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्त्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस