ओली स्काउट मेधावी पदकबाट विभूषित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ओली स्काउट मेधावी पदकबाट विभूषित


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् ।

बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक हस्तान्तरण गरिन् ।

नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट सङ्गठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो ।

ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पुर्‍याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस