मध्य मर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मध्य मर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि


१ बैशाख २०७९, बिहिबार


लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ ।

केही दिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यति बेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पुरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ ।

सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो । कुल २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस