डोटीको आदर्श गाउँपालिकामा मतदानबाट चयन भए एमाले उम्मेदवार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

डोटीको आदर्श गाउँपालिकामा मतदानबाट चयन भए एमाले उम्मेदवार


१ बैशाख २०७९, बिहिबार


डोटी । डोटीको आदर्श गाउँपालिकामा एमालेले मतदानमार्फत अध्यक्षको उम्मेदवार चयन गरेको छ ।

गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दाबी परेपछि आपसमा सहमति हुन नसक्दा गाउँ कमिटीका पदाधिकारी र सदस्यहरूले मतदान गरेका थिए ।

उम्मेदवार चयनका लागि बसेको गाउँ कमिटी बैठकमा ८९ सदस्यमध्ये ७८ को सहभागिता रहेको गाउँ कमिटीका सचिव चन्द्रदेव ओझाले जानकारी दिए ।

सचिव ओझाका अनुसार उम्मेदवारका आकाङ्क्षी डम्मरबहादुर वलीले ४१ मत प्राप्त गरे । यस्तै अर्का प्रतिस्पर्धी नयनबहादुर खड्काले ३६ र जङ्गबहादुर खड्काले एक मत प्राप्त गरेको ओझाले जानकारी दिए ।

मतदानबाट छानिएका एमालेका उम्मेदवार वली हाल जिल्ला समन्वय समिति, डोटीका सदस्य छन् । उपाध्यक्षका उम्मेदवार भने एक/दुई दिनभित्र टुङ्गो लाग्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस