थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४९ निको « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४९ निको


३० चैत्र २०७८, बुधबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना निको भएका छन् भने हाल देशभर ५२० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस