धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ ।

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाइमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । धौलागिरि आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले ‘गाइड’ गरेका थिए ।

सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजङ्घा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् ।

सन् १९९० देखि आरोहण गरिरहेका एन्टोनिसले हालसम्म ६६ वटा हिमाल आरोहणमा सहभागी भएका छन् । तीमध्ये १२ वटा हिमाल आरोहण टोलीको नेतृत्वसमेत गरेका छन् ।

उनले अहिलेसम्म २ हजार मिटरमाथिका २९‚ ३ हजार मिटरमाथिका ५० र ४ हजार मिटरमाथिका ६३ वटा हिमाल आरोहण गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस