बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा आज (मंगलबार) बिहान भएको आईपीओ बाँडफाँटबाट १ लाख ६६ हजार ३४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।

गोला प्रथाद्वारा गरिएको आईपीओमा भाग लिने मध्ये अधिकतम २१ लाख ८७४ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

उक्त आईपीओमा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए ।

कूल निष्कासन मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामूहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित सिन्धुपाल्चोकको स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर बिक्री गरिसकेको छ ।

कम्पनीले सिन्धुपाल्चोकको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस