गोलीसहित विमानस्थलबाट जापान जान लागेकी महिला पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गोलीसहित विमानस्थलबाट जापान जान लागेकी महिला पक्राउ


२८ चैत्र २०७८, सोमबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो ।

उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस