नेप्सेमा ७ अङ्ककाे वृद्धि « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्सेमा ७ अङ्ककाे वृद्धि


२८ चैत्र २०७८, सोमबार


शेयर बजार

काठमाडौँ । कारोबारको दोस्रो दिन नेप्से परिसूचक ७ अङ्कले उकालो लागेको छ ।

सो समयमा नेप्से ७.४५ अङ्कले बढेर २४७१.८१ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले बढेर ४६४.८३ विन्दुमा अडिएको छ।

सो समयमा ३९ कम्पनीको ८ हजार ८८ कित्ता सेयर ३६ लाख १० हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका ११ समूहमध्ये १० को सूचक बढेको छ। लगानी समूहको सर्वाधिक १.०१ प्रतिशतले सूचक बढ्दा मनु एन्ड प्रोको ०.६५ , जलविद्युतको ०.६४, होटेल तथा पर्यटनको ०.५३, वित्तको ०.४९, विकास बैङ्कको ०.४७,बैङ्किङको ०.२४, जीवन बिमा र निर्जीवन बिमाको ०.०७ प्रतिशतले सूचक बढेको हो।

त्यस्तै कारोबारको आधारमा नेपाल इन्फ्रास्टक्टर बैङ्क अग्र स्थानमा रह्यो। सो कम्पनीको ४८ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। सोही समयमा ९० वटा कम्पनीको मूल्य बढ्दा ३ वटाको मूल्य घट्यो।

Tags :
प्रतिक्रिया दिनुहोस