बालुवाटारमा जारी शीर्ष नेताको बैठकमा माधव र उपेन्द्र अनुपस्थित « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

बालुवाटारमा जारी शीर्ष नेताको बैठकमा माधव र उपेन्द्र अनुपस्थित


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित भएका छैनन् ।

गठबन्धनको मोडालिटी बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका घटक नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादव अनुपस्थित भएका हुन् ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले शीर्ष नेतृत्वलाई स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीबारेको प्रतिवेदन बुझाउँदै छ ।

पौडेल नेतृत्वको उक्त समितिले आइतबार सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन आजको बैठकमा बुझाउन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस