सार्थक हस्तक्षेप नगरे मुलुक श्रीलङ्का बन्नबाट रोक्न सकिँदैन : पौडेल « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सार्थक हस्तक्षेप नगरे मुलुक श्रीलङ्का बन्नबाट रोक्न सकिँदैन : पौडेल


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलङ्काजस्तै हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर बिदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दाबी गरे ।

मुलुकको आर्थिक स्थिति जोखिम उन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौँ भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलङ्का हुनबाट कसैले रोक्न सक्दैन’ उनले भने ।

मन्त्री वा प्रधानमन्त्रीले दाबी गरेर मात्र मुलुकको बिग्रँदो आर्थिक स्थितिबाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रँदो स्थितिबाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए । ‘गलत खालका नीति लिने र मुलुकलाई श्रीलङ्का हुनबाट जोगाउँछु भन्ने दाबी गरेर हुँदैन’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस