प्रदर्शनको दोस्रो सातामै आरआरआरले कमायो दश अर्ब « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रदर्शनको दोस्रो सातामै आरआरआरले कमायो दश अर्ब


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । एसएस राजमौली निर्देशित फिल्म आरआरआरले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ ।

अर्का विश्लेषक तरण आदर्शले भने प्रदर्शनको तेस्रो सातामा पनि फिल्मको कमाइ कम हुने छाँटकाँट नदेखिएको उल्लेख गरेका छन् ।

बहु-भाषामा प्रदर्शनमा आएको यो फिल्ममा २०औँ शताब्दीतिरको कथा भनिएको छ ।

फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्टको अभिनय छ ।

यो फिल्म कम समयमै करोड क्लबमा प्रवेश गर्ने फिल्म बनेको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

फिल्म निर्माण टिमका अनुसार फिल्मले युकेमा ओपनिङ व्यापार निकै राम्रो गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस