लोसपाका सबै उम्मेदवार २९ चैतभित्र सिफारिस गर्न ठाकुरको निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लोसपाका सबै उम्मेदवार २९ चैतभित्र सिफारिस गर्न ठाकुरको निर्देशन


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसीमा तोकेका हुन् ।

‘२४/२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन् । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए ।

उनले २९ गतेभित्र सबै स्थानका उम्मेदवार सिफारिस भइसक्ने अपेक्षा गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस