देशभर थप १३ जनामा कोरोना सङ्क्रमण , ४४ जना निको « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

देशभर थप १३ जनामा कोरोना सङ्क्रमण , ४४ जना निको


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस