गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु


२५ चैत्र २०७८, शुक्रबार


गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो ।

खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर शुभारम्भ गरेका हुन् ।

खोपको शुभारम्भ गर्दै पराजुलीले सबै लक्षित समूह नछुटाउन आग्रह गरे । खोप प्रभावकारी भएकोले अनिवार्य रुपमा आफ्ना छोरा छोरीलाई खोप केन्द्रमा लगेर खोप लगाउन पराजुलीले सबैलाई आग्रह गरेका छन् ।

जिल्लामा करिब ६८ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका खोप फोकल पर्सन बोम अर्यालले बताए ।

टाइफाइडविरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइडविरुद्धको खोप लगाइएको अर्यालले बताए ।

नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस