थप ७ जनामा संक्रमण, २५ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप ७ जनामा संक्रमण, २५ जना संक्रमणमुक्त


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस