एमालेले आयोगको ध्यानाकर्षण गराउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेले आयोगको ध्यानाकर्षण गराउने


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आचारसंहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ सङ्गठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दिउँसो १ बजे डेलिगेसन जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस