सीवाईसी लघुवित्तले वैशाख २ देखि आईपीओ निष्कासन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सीवाईसी लघुवित्तले वैशाख २ देखि आईपीओ निष्कासन गर्ने


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो वैशाख २ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनले जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८७४ रुपैयाँको ३२.५ प्रतिशतले साधारण सेयर बिक्री गर्ने लागेको हो ।

निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्त समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको सङ्केत गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस